Ghazal: By R D. Mahendra मलाई बार बार यहि कुराले सताउँछ। यार तिम्रो याद कहिलेसम्म आउँछ।। दुनियाबाट एक्लो भएर जिउन सिक्दैछु। जिन्दगीले पनि के -के सिकाउँछ सिकाउँछ।। यही छ जिन्दगीमा मसँग जाे आउने गर्छ। अरु केही आउँदैन बस तिम्रो याद आउछ।। मैले बचपनमा बालुवामा घर बनाएजस्तो। सपना ले घरी घर बनाउँछ घरी भत्काउँछ।। यादको मौसमले रहरको बर्षातलाइ जिस्काउँछ। जसरी एउटा फुल ले भमरा लाई जिस्काउँछ।। © Mahendra Rhythm Devkota Mumbai 2018/08/13
Comments
Post a Comment