Ghazal

गरिबहरूको दिन एक दिन पक्का आउँछ।
यही भनेर सरकारले विश्वास दिलाउछ।।

प्रतीक्षा को फल मिठो हुन्छ, यो सिकाउने जिन्दगीले।
समय कसैका लागि पर्खदैन भनेर सिकाउँछ।।

जिन्दगीका तमाम सपना बोकेर विदेशिन्छन।
विदेश ले उता बाट कफिन मा पठाउँछ ।।

थाहा छैन आफ्नै धडकन कति खेर रोक्की दिन्छ ।।
तर पनि मनले  तिमीलाई यति धेरै पत्याउँछ।।

जसरी सपनाहरुले सपनामै आराम पाउँछन्।
जिन्दगीले कहिले जिन्दगी बाट आराम पाउँछ?।।
            
           ©Mahendra Rhythm Devkota
       

Comments

Popular posts from this blog

ग़ज़ल के कुच शेर

R. D. Mahendra